जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १८:२८

भटाभट भाग्दैँ सहकारी, धमाधम डुब्ँदै बचतकर्ता


रुषा थापा भक्तपुर । अहिले बजारमा दुई कुराको खुबै चर्चा छ । पहिलो त सहकारीले पैसा खाएर भाग्यो त अर्को बैंकले ब्याजदर बढायो । सर्वसाधारण जनता अब हामी के गर्ने भन्नेमा अन्योल छन् । कतिले त सहकारीले पैसा खाएर भागेपछि सहन नसकेर आत्महत्या समेत गरिसके भने कतिले महंगो ब्याजदरका कारण देश नै छोेडिसके ।

वित्तिय संस्थाले पछिल्लो समय जनतालाई सेवा दिने नाममा जनतासँग भएको सम्पूर्ण सम्पत्ति नै थुत्ने काम गरिरहेको छ । पाइलेपिछे घरमा सर्वसाधारणको रुवाबासी भइरहेको छ सहकारी भागिरहेको छ । सहकारीमा पैसा राख्ने बचतकर्ताहरु भन्छन्, हजार दुई हजार भएको भए पो माया मार्नु, वर्षौभरि कमाएर लाखदेखि करोड रुपैँया राखेको छ अनि कसरी माया मार्नु ।

प्रत्येक सहकारीमा पैसा निकाल्नेको भिड छ । बचतकर्ताले पहिला महंगो ब्याजको लोभमा हजारदेखि लाखसम्मै एक मुठ रकम राखे तर अहिले न ब्याज नै पाए न साँवा । त्यसैले, पनि सहकारीमा पैसा राख्नेहरुले पछिल्लो समय चिन्ताकै कारण आत्महत्या गरेका हुन् वा डिप्रेसनमा गएका हुन् ।

सहकारीमा आफुले राखेको पैसा सहकारीमा निकाल्न जाँदा फिर्ता नपाएपछि वा सहकारी भागेपछि ती बचतकर्ताहरु तीनै बेहोस हुने गर्छन् र धेरै चिन्ताका कारण मृत्युको मुखमा पुग्छन् । आफुले दुःखले कमाएको सम्पत्ति वा खाननखाई जम्मा गरेको पैसा सहकारीले लिएर भाग्दा ती बचतकर्ताहरु मृत्युको अवस्थामा पुगेको घटना पनि पछिल्लो समय प्रशस्तै छ ।

सहकारीमा पैसा राख्नेहरुको त पैसा र ज्यान नै दुवै गुम्यो । सहकारीका सञ्चालक र कर्मचारी मिलेर सर्वसाधारण जनताको १५ खर्ब रकम आज चुलुम्मै डुबाए । ९३ लाख जनताले ३५ हजार २३९ ओटा सहकारीमा रकम राखेका थिए तर यीसबैले आज बचतकर्तालाई लुट्नसमेत लुटे । यिनीहरुले यत्रो जनताको उठीबाँस लगाए । अब यी सर्वसाधारणको आँसु पनि यिनीहरुलाई लाग्छ र सहकारीका सञ्चालक र कर्मचारीहरु यिनीहरुसँग कतिन्जेल भागेर हिड्छन् । मानिसको भित्री आत्म रुएपछि त्यसले ढिलोचाँडो त्यसको सजाय भोग्ने पर्छ ।

अरुलाई रुवाएर वा ठगेर कमाएको सम्पत्तिले सहकारीका सञ्चालक र कर्मचारीको भलो हुदैँन । सहकारीका सञ्चालकदेखि कर्मचारीसम्मै चोर नै हुँदा रहेछन् । तर अहिले यी चोरहरु सर्वसाधारणले कुट्छन् वा कानुनको दायरामा ल्याउँछन् भनेर सहकारी नै बन्द गरेर भागिसकेका छन् । बचतकर्ताले पैसा नपाएपछि त्यो सहकारीको अफिस तोडफोड गर्छन् वा आगलागी गर्छन् भनेर अहिले त्यँहाका घरधनीहरु सहकारीका सञ्चालकहरुलाई अफिस सार्नुस् भनेर दबाब दिइरहेका छन् । घरधनीहरुले अब बरु फल्याट वा कोठा खाली राख्छौँ तर सहकारीलाई अफिस राख्न कोठा दिदैनौँ भनिरहेका छन् ।

घरधनीले कोठा भाडामा लगाउनुभन्दा अघि मानिसलाई तपाँई के काम गर्नुहुन्छ भनेर सोध्छन् तर आफुले सहकारीमा काम गर्छु भनेमा जतिसुकै महंगो भाडा तिर्छुभन्दा पनि कोठा पाइदैँन । पहिला सहकारीमा काम गर्ने कर्मचारीहरु मुखमा मास्क नै नलगाई हिड्थे तर अहिले त यिनीहरु कोठैबाट बाहिर निस्किदैँनन् ।

यता सहकारीमा काम गरिरहेका कति मानिसहरुलाई त आफ्रनै आफन्तले काम छोड, सहकारी भाग्यो भने जेल जानुपर्छ भनेर भनिरहेका छन् । त्यसैले, कतिले त भोलि अप्ठ्यारो पर्छ भनेर अहिले नै जागिर छोडिसकेका छन् । त्यस्तै, कतिले त पुरानो ठाउँ छोडेर नयाँ ठाउँ रोजिसकेका छन् । सहकारीमा पैसा निकाल्नेको भिड देख्दा याद आउँछ, किन अस्पताल र मतदान गर्ने स्थलमा त्यत्रो भिड हुन्थ्यो । अहिले त सर्वसाधारणले सहकारीमा पैसा राख्नै छोडे र सहकारीले जति महंगो ब्याज दिन्छु भनेपनि कोही पैसा राख्दैँनन् । सहकारीकै कारण कति मानिसलाई उपचार गर्न पैसा भएन त कसैको पैसा नभएर हुन लागेको बिहे पनि रोकियो ।

तर यस्ता ठग सहकारीहरुको दर्ता न सहकारी विभागले नै खारेज गर्छ न गरिबी निवारण तथा सहकारी मन्त्रालयले । साथै, विभाग र मन्त्रालयले सहकारीमा पैसा नराख्नुस् भनेर सूचना पनि निकाल्दैन । सहकारीमा बेलैमा अनुगमन नगर्दा आज ९३ लाख सर्वसाधारणको १५ खर्ब रकम नराम्ररी डुबेको छ । विभागका महानिर्दैशक रुदप्रसाद पण्डित र मन्त्रालयका मन्त्री शाशी श्रेष्ठलाई किन तपार्इँहरुले सहकारीमा कडाइ नगर्नुभएको र यत्रो सर्वसाधारणको पैसा सहकारीले डुबाउँदा पनि किन कारबाही नगरेको भनेर सोध्दा, अहिले यसको अधिकार स्थानीय तहलाई दिएको छ भन्दै उनीहरु पन्छिन् ।

एक वर्षअघिसम्म विभागका महानिर्दैशक पण्डित र मन्त्रालयकी मन्त्री श्रेष्ठ पनि सहकारीको साधारण सभामा अतिथिको रुपमा जान्थे । तर अहिले सहकारीहरु धमाधम भागेपछि विभाग र मन्त्रालय नै पन्छिए । अनि पहिला सहकारीको साधारणसभामा अतिथि हुन तै किन गएको त । यसको त जवाफ चाहियो त । यसबाट त यसमा विभाग र मन्त्रालय दुवैको मिलोमत्तो रहेको जस्तो देखिन्छ । यता वडाध्यक्ष र मेयरहरु पनि आफ्नो वडा वा नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुको न दर्ता नै खारेज गर्छन् न अनुगमन ।

अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुले आफ्नो नाममा भएको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ भनेर आफ्नो नाममा भएको चल अचल सम्पत्ति सबै आफन्तको नाममा पास गरिसकेका छन् । सहकारी विभाग एंव काठमाडौँ महानगरपालिकाले पुस १५ गतेभित्र सहकारीको साधारणसभा सिध्याउनुस् भनेर भनेको छ ।

तर अहिले सहकारीहरुले साधारणसभा गर्ने होइन धमाधम सर्वसाधारणको पैसा लिएर भाग्ने काम गरिरहेका छन् । आज जाँदा सहकारी खुल्ला हुन्छ त भोलि जाँदा भागिसक्छ । यो एउटा जिल्लाको मात्र कुरा नभई देशैभरिको कुरा हो । देशैभरि रहेका सहकारीहरुले पछिल्लो समय सर्वसाधारणको रकम लिएर भाग्ने काम गरिरहेका छन् ।

यता सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई किन तपार्इँहरुले सर्वसाधारणको रकम फिर्ता नगरेको भनेर सोधेमा उनीहरु भन्छन्, हामी जेथो बेचेर फिर्ता गछौँ तर कुन जेथो भनेर सोधेमा केही उत्तर नै दिंदैनन । अहिले सहकारीहरुलाई कानुनको दायरामा आउनबाट बचाउन राष्ट्रिय सहकारी महासंघ लागिपरेको छ । महासंघ न सहकारीहरुलाई सर्वसाधारणको रकम फिर्ता गर भनेर नै निर्दैशन दिन्छ न सर्वसाधारणलाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत नै गराउँछ । महासंघले पनि सहकारीलाई सदस्य बनाउने, लेभी खाने र सहकारीलाई पर्दाभित्र बसेर जनता लुट्न लगाउने काम गरिरहेको छ ।

सहकारीहरुले यत्रो सर्वसाधारणको रकम डुबाइदिँदा पनि राजनितिक दलहरु एक शब्द मुखबाट निकाल्दैँनन् । सहकारीहरु यस्ता ठग र चोर हुन्छन् भनेर त जनताले थाहा पाए तर डुबेपछि । सहकारीमा पैसा पाइन्छ कि भनेर हातमा बच्चा बोक्दै वा लौरौँ टेक्दै मानिसहरु लाइनमा बसिरहेका छन् । सहकारीले यता बचतकर्ता त डुबाइ नै दियो तर सहकारीबाट ऋण खानेको पनि उठीबाँस लगाइदियो । पछिल्लो समय हवात्तै आत्महत्याको संख्या बढ्नुमा पनि सहकारी नै प्रमुख कारण हो ।

सहकारी सर्वसाधारण ठग्ने र मार्ने एउटा धाँधीलो हतियार बन्दै गइरहेका छन् । पहिला सर्वसाधारणलाई मिनपावर कमपनीले यसरी डुबाउँथ्यो तर अहिले त सहकारीहरुले त्योभन्दा पनि बर्त गरे । बच्चादेखि बुढोसम्मैमा एउटै छाप फैलिएको छ , त्यो हो, सहकारी भनेको चोर हो । अब जनताले यिनीहरुमाथि विश्वास गर्दैनन् र यिनीहरु झन्झन् धरायसी हुदैँ जान्छन् । साथै, यिनीहरुले पनि पहिला पैसा फिर्ता गर्न टाइम माग्छन् अनि पछि सुटुक्कै भाग्छन् । अफिसमा पैसा निकाल्न गएमा बत्ती , नेट छैन वा कम्युटर बिग्रिएको छ भन्दै रकम नै फिर्ता गर्दैनन् ।

सहकारी कै कर्मचारीहरु हामीले ६ महिनादेखि तलब नपाएको गुनासो गर्छन् तर अफिसमा भने बजारबाट पैसा उठाएर ल्याउनुस् भनेर भन्छ । त्यस्तै, घरधनीहरु पनि आफुले एक वर्षदेखि तलब नपाएको भन्छन् । यता कति सहकारीहरुले त आफ्रनै भवन छ भन्दै अहिलेपनि सर्वसाधारणसँग पैसा उठाइरहेका छन् ।

बाटोमा साग बेच्नेदेखि सरकारी कर्मचारी र नेतासमेतको पैसा सहकारीले डुबाइदियो । बुढापाकाले भन्थे, लोभिको धन फट्याहाले खान्छ । तर अहिले त यो ठ्याक्कै भएको छ । मानिसहरुले ब्याज पाइन्छ भनेर सहकारीमा पैसा राखे तर अहिले त ब्याज त के साँवा पनि पाइएन । सहकारीमा पैसा राख्नेहरुको घरमा अहिले झगडा मात्रै भइरहेको छ, कति लोग्नेस्वास्नीको समबन्ध विच्छेद पनि भयो त कति बालबच्चाको बिजोग पनि भयो ।

आफ्रनै पैसाले आफ्रनै घरबार बिग्रियो । बुढापाकाले भन्थे, अर्कालाई पार्न खनेको खाल्टोमा आफैँ परिन्छ, अहिले योभएको छ । सहकारीमा भएको खाता पनि सबैले बन्द गरिसकेका छन् तर नयाँ खाता खोलेर रकम राख्ने कोही छैन । अबको तीन महिनाभित्र सबै सहकारीहरु भाग्छन् वा डुब्छन् भनेर जानकारहरु बताउँछन् । त्यसैले, अब सहकारीमा राखेको पैसा निकाल्न सर्वसाधारण चलाखो हुनुपर्छ पनि भनिन्छ । कतिले त सहकारीका सञ्चालकहरु देश नै छोडेर भाग्छन् भनेर उनीहरुको पासपोर्ट बन्द गर्नुपर्ने माग गरिरहेका छन् । पहिला सहकारीको अध्यक्ष र सञ्चालक बन्न हानाथाप गर्नेहरु अहिले बस्नुस् भनेर बिन्ती गर्दा पनि मान्दैनन् ।

हिजो घुस खाएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले यि वस्तुहरुमा मन्दी छायो । हिजो ८० लाखमा किनेको एक आना जग्गा आज आधा मूल्यमा बेच्छुभन्दा पनि बिक्दैँन त हिजो चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्दैँन । यसरी यिनीहरु डुबे । सहकारीले सर्वसाधारणको रकम बालुवामा पानी हालेको बराबर नै डुबाइदियो । सहकारी कै कारण देशको अर्थतन्त्र पनि धरायसी हुन पुग्यो । सहकारी दिनैपिछे भाग्दँै, बचतकर्ता डुबाउँदै ।