जनता टाइम्स

११ माघ २०७९, बुधबार १६:३९

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


काठमाडौं, माघ ११ । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा अडिएको छ।

सेयर बजार वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आज ३अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ३२ लाखको सेयर खरिदबिक्री भएको थियो। आज २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भयो।

ग्रीन लाइफ हाइड्रो पावर,आदर्श लघुवित्त वित्तीय,सानिमा जीआईसी इन्स्योरेन्स,सूर्यज्योति लाइफ र बलेफी हाइड्रो पावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रो पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड बढिको सेयर खरिदबिक्री भयो।

यसैगरी कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक ३.६५ प्रतिशतले बढ्यो। ११ समूहको सूचक बढ्दा बैंकिङ उपसमूह र फाइनान्सको मूल्य भने ओरालो लाग्यो।