जनता टाइम्स

१२ माघ २०७९, बिहीबार ०६:१२

स्वस्थानी ब्रत कथाभित्रका महिला व्यथा


कतिपय कथा यथार्थ र कतिपय काल्पनिक कथाहरु सृजना गरेर नारीको चरम उपेक्षा, अपमान गर्ने खालको स्वास्थानी ब्रत कथा कथा होइन । यो ब्यथा हो, बेदना हो र आम नारीको चित्कार हो । स्वस्थानी भनेर एकातिर मातृ शक्तिको पुजा गर्नू, अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, ब्यथा र वेदना हो । यस्ता ब्रत कथा र पुराणहरु अब संशोधन गर्नुपर्छ

मिथिला पोखरेल

ब्रत भनेको एउटा निश्चित नियम, विधि र खानपान सम्वन्धी आचरण र नियम हो । यही नियममा बस्नु ब्रत बस्नु हो । हप्ताको एक दिन फलफूल वा कन्दमूल खाने जस्ता ब्रत लिनाले मानव स्वास्थमा लाभ पुग्दछ भनिन्छ । तर स्वास्थानी ब्रत कथा र तिजका जस्ता केही ब्रतहरुमा विशेष गरेर आम बर्तालु महिलालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको देखिन्छ । तिजको ब्रतमा पानी खाँदासमेत पतिको रगत खाए सरह हुन्छ भन्नुजस्ता कुराले शरीरमा पानीको अभाव हुँदा महिलाहरु मर्नेसम्मको अवस्था थियो र अझै पनि कताकति देखिन्छ । यस्ता खालका ब्रतले कसरी घरपरिवार र पतिको दीर्घायु होला र ?

स्वास्थानी ब्रत कथामा छोरीलाई असाध्यै हेलाहोचो र अपमानमा गरिरहेको देखिन्छ । यस कथाको समापनमा र आठ रोटीलगायत अन्य ८, ८ प्रसाद र फलफुल पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितको छोरालाई दिनु र मितको छोरा पनि नभए नदीमा बगाई दिनु भनेर कथामा छोरीलाई सन्तान नै मानिएको छैन । छोरी मात्र हुने आमाले यो ब्रत लिँदा प्रसादका ८,८ रोटी र प्रसाद के गर्नु ?

हाम्रा धार्मिक पुराण र ब्रत कथाहरुमा प्राय छोरीलाई भोग्या, भाग्यवादी, नोकर्नी र सुसारेका रुपमा मात्र हेरिएको देखिन्छ । नेपालको संविधानले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रिति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने किटानी व्यवस्था गरेको छ । अखिल नेपाल महिला संघ नेपाली महिलाको अग्रगामी आन्दोलनको मूल प्रवाह हो । जसले केही गर्छ भन्ने आश हुन्छ, त्यसैलाई सरोकार समाजले गुनासो पनि गर्छ । गर्न चाहँदा यस्ता देशव्यापी रुपमा संगठित संस्थाले गर्न सक्छन तर गर्ने सोच, मति र गति हुनुपर्यो । मूल नेतृत्वमा धेरै खालका विषयका बारेमा केही न केही गर्ने सोच हुँदा त्यसलाई कुनै न कुनै रुपमा जगरणमुखी कार्यक्रम गर्न सकिन्छ ।

पहिलो कुरा हामी अगुवा महिलाहरुको प्रगतिशील चेतनामा नै समस्या छ । अझ तल्लो तहका र दुरदराजका महिलाहरुको के हालत होला ? सांस्कृतिक रुपान्तरण भनिएको छ र यस विषयमा खूव भाषण पनि हुन्छ तर गर्ने के ? कसरी गर्ने ? भन्ने बारेमा हामी अलमलिएका छौँ । महिला जागरण विषयको एउटा कार्यक्रम नगर र जिल्लामा एउटा मात्र हुन्छ तर त्यही कार्यक्रममा मुख तिखारेर सबै भएभरका नेता र नेतृ भेला हुन्छौं तर धेरै नगर र जिल्लाहरुमा कार्यक्रम गर्ने र सबैतिर महिला वा पुरुष नेतृत्व सहभागी भएर हामी र हाम्रा संगठनमा सामेल भएका सबैमा केही न केही मात्रामा रहेको पछौटे चिन्तन हटाउने कुरामा ध्यान दिएका छैनौं ? यसो हुँदा स्वस्थानी ब्रत जस्ता विषयका सकार स्वीकार्ने तर नकार हटाउने दिशामा हामी बौद्धिक र वैचारिक रुपमा अझै लाग्न सकेका छैनौँ कि ? यसो हुँदा हामी नाम मात्रका प्रगतिशील भएका छौं ।

त्यसो हुँदा अब संघीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि उही सामन्तकालीन अन्ध परम्परा र रुढीबुढीका पछि लाग्न सचेत महिलालाई सुहाउँछ ? अहिले त आफूलाई समाज परिवर्तन गर्ने भन्नेहरु नै पनि यस मामलामा चुपचाप देखिन्छन् । इटहरी वार्ड नं. २ निवासी कम्युनिष्ट पार्टीका पुराना नेता अझ जननेता मदन भण्डारीसितै बाम राजनीतिमा सक्रिय ओम कोइराला र उनका परिवारका सदस्यहरु केदार, माधव, भीष्म कोइरालाहरुले स्व. पिता माता देवनारायण र कृष्णमायाँ कोइरालाका स्मृतिमा आयोजना गरेको परम्परागत वार्षिक पुराणमा सरिक हुने अवसर मिल्यो । उक्त कार्यक्रम समाजलाई आमूल परिवर्तन गर्ने अभियानमा उहिल्यैदेखि घरपरिवार सहित लागेका परिवारमा संविधानविपरीत पुराणका नाममा आफूलाई नै शोषण गर्ने चरम अन्ध विश्वासी अर्ती उपदेश भट्याउनु अचम्म र उदेकको लाग्यो ।

कोइराला परिवारकी माहिली बुहारी रुक्मिणी कोइराला मेरी सहयात्री साथी पनि हुन । सबै परिवर्तनकारी राजनीतिक चेतका नयाँ युगका युवा शक्तिसहितको यो परिवारमा अत्यन्त पछौटे पुराण वाचन पूरै अमिल्दो लाग्यो । यस्ता विषयमा हाम्रा घरमा सविस्तार छलफल हुने गरेझैँ यस विषयमा पनि छलफल भयो । यसरी अहिले पनि संविधानअनुसार कत्ति पनि सुधार र संशोधनबिना परम्परागत पुराण लगाउँदा संविधानकै भावना अनुसार आफ्नै पनि शोषण हो । आचार्य पण्डित कुमार निरौला, कमल खतिवडाले वाचन गरेको पुराण वाचनका क्रममा उखूमा रस भगवानले हालिदिएका भन्ने जस्ता अयथार्थ मात्र होइन भाग्यवादी, पुर्पुरोवादी, मानव जुनि र जिन्दगीलाई नै धिक्कार्ने जस्ता कथाहरु माइकबाट प्रशारण गरिएको थियो ।

डा. पोखरेलले कोइराला परिवारका घरमा परम्परागत पुराण हुबहु वा रिट्ठो नबिराइ वाचन गरेको कुरालाई त्यति जाति ठहर्याउनु भएन तर पनि उहाँहरुको निजी मामिला भएकाले धेरै बोल्न पनि मिलेन । डा. पोखरेलले कोइरालाको घर जननेता मदन भण्डारीको महत्वपूर्ण आश्रय स्थल हो । सुनसरीको कम्युनिष्ट आन्दोलनको अनुसान्धान गर्ने क्रममा पोखरेलले थाहा पाएका धेरै कुरा जोडेर पुराण प्रसंग जोड्नु भयो । भूमिगत राजनीतिको त्यसबेला रातबिरात भण्डारी ओम कोइरालाको साथीका नाताले आउनु हुन्थ्यो । त्यहाँ भण्डारीको सानो पुस्तकालय नै थियो । भण्डारी आएको अबेला स्वस्थानी ब्र्रत कथाको समय परेको हँदा र भण्डारीको आमा, दिदी, बहिनीहरुसित मिलनसार व्याहारका कारण ओम कोइरालाका आमालगायत महिलाहरुले मदनबाट सुरिलो र मीठो स्वरमा स्वस्थानी ब्रत कथा वाचन गरिदिन गरेको आग्रह भण्डारीले स्वीकार गर्नु भयो ।

भण्डारीले स्वस्थानी ब्रतकथा पढ्दा महिलालाई चरम होला, होचो, उपेक्षा र अपमानका विषय र प्रसंगमा अडिएर त्यसबारे आमा दिदी बहिनीहरुले पचाउन सक्ने खालको विवेचना,आलोचना गर्नु हुन्थ्यो । त्यही आधारमा अखिल नेपाल महिला संघ इटहरीको संस्थागत बिउ रोपिएको मानिन्छ । यसरी महिलाहरुलाई परम्परागत रुढीबाट क्रमशः मुक्त गराएर आमूल परिवर्तन गर्ने जननेता मदन भण्डारीको सोच थियो । यसरी मात्रात्मक हुँदै परम्परागत चरम अन्धविश्वासी संस्कार, रीति, प्रथा र परम्परालाई सुधार परिमार्जन गरी समतामूलक, न्यायपूर्ण संस्कार र संस्कृति निर्माण गर्ने पछिसम्मको सोच मदनको थियो तर यस गुदीपूर्ण कुरालाई पटक्क ध्यान नदिँदा नेपालका कम्युनिष्टहरु पुरातन पन्थमा नै रमाइरहने अवस्था अहिले देखिन्छ ।

मदनका अनुसार सामान्य सुधारमा समेत कम्युनिष्टहरुले ध्यान नदिँदा कम्युनिष्टहरुका मन मस्तिष्कमा संस्कार र संस्कृतिका क्षेत्रमा सामन्तवाद झन् झन् सबल हुन थालेको देखिन्छ । जननेता मदन भण्डारीले आश्रय लिएका घरघरमा यस खालका पुराण, प्रथा र ब्रत कथा हुबहु रटान गरिरहेको देख्दा रुने थिए होलान भन्ने लाग्छ भनेर डा. पोखरेलले भन्नु भयो । हुन पनि नेपालको संविधान अनुसार संस्कार र संस्कृति विषयका तमाम असमानता र अन्यायपूर्ण खालका पुराण,ब्रत कथाका नाममा व्यथा व्याप्त देखिन्छ तर पनि तिनै व्यथाहरु ऋाफूलाई अग्रगामी भनाउने अगुवाहरु नै त्यसमा निलिप्त रुपमा लाग्नु समग्रमा पश्चगमनको रसातल तिर जानु हो ।

अखिल नेपाल महिला सङ्घ नेपाली महिलाको अग्रगामी आन्दोलनको एक मूल प्रवाह हो । जसले केही गर्छ भन्ने आश हुन्छ, त्यसैलाई सरोकार समाजले गुनासो पनि गर्छ । गर्न चाहँदा यस्ता देशव्यापी रुपमा संगठित संस्थाले गर्न सक्छन् तर गर्ने सोच,मति र गति हुनुप¥यो । मूल नेतृत्वमा धेरै खालका विषयका बारेमा केही न केही गर्ने सोच हुँदा त्यसलाई कुनै न कु्नै रुपमा जगरणमुखी कार्यक्रम गर्न सकिन्छ । पहिलो कुरा हामी अगुवा महिलाहरुको प्रगतिशील चेतनामा नै समस्या छ । अझ तल्लो तहका र दुरदराजका महिलाहरुको के हालत होला ?सांस्कृतिक रुपान्तरण भनिएको छ र यस विषयमा खूव भाषण पनि हुन्छ तर गर्ने के कसरी गर्ने भन्ने बारेमा हामी अलमलिएका छौँ । महिला जागरण विषयको एउटा कार्यक्रम नगर र जिल्लामा एउटा मात्र हुन्छ तर त्यही कार्यक्रममा मुख तिखारेर सबै भएभरका नेता र नेतृ भेला हुन्छौँ तर धेरै नगर र जिल्लाहरुमा कार्यक्रम गर्ने र सबै तिर महिला वा पुरुष नेतृत्व सहभागी भएर हामी र हाम्रा संगठनमा सामेल भएका सबैमा केही न केही मात्रामा रहेको पछौटे चिन्तन हटाउने कुरामा ध्यान दिएका छैनौँ ।

यसो हुँदा स्वस्थानी ब्रत जस्ता विषयका सकार स्वीकार्ने तर नकार हटाउने दिशामा हामी बौद्धिक र वैचारिक रुपमा अझै लाग्न सकेका छैनौँ कि ? यसो हुँदा हामी नाममात्रका प्रगतिशील भएका छौं । कोइराला परिवारले आयोजना गरेको पुराणमा पण्डितले पुराण वाचन गर्दा भगवानले रुखूमा रस हालिदिनु भयो । यो संसार र प्राणी जगत भगवानको रचना हो भगवानको आशीर्वाद भए डोकोमा पनि दूध थापे पनि पोखिदैन, भाग्यमा भए जे पनि सफल हुन्छ भन्ने जस्ता भाग्यवादी, पुर्पुरोवादी चरम रुढीवादी प्रवचन चलिरहेको देखियो । यस्तै ब्रत कथाका नाममा व्यथाहरु आमूल परिवर्तनको अगुवाइ गर्नेहरु चरम भाग्यवादको सिकार भइरहेको देखिन्छ ।

गोमाले शिव शर्मालाई पतिका रुपमा स्वीकार गर्दा कथमा एउटा प्रसंग जोडिएको देखिन्छ । कुप्रा,कान नसुन्ने, अधबेस्रो, देब्रो, कैला आँखा भएका, अाँखिभौँ जोडिएको, केश पाकेका,मुख देखि र्यााल चुहाएका, अत्यन्त कुरुप र बुढो शिव शर्मालाई पति पाउनु भाग्यको लेखा हो, दैबको लिला हो र पुर्वजन्मको फल हो भनिएको छ । पूर्व जन्मको फल हो भन्ने देखाउन रामचन्दको बनवास, द्रोपदीको चिरहरण, शिवको कालकुट विष पान, यदुवशको सर्व नाश उदाहरणका रुपमा उल्लेख गरिएको छ । यसरी महिलालाई कल,बल छल प्रयोग गरेर भाग्यबादी, परम्परावादी शिक्षाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चरम असमानता र शोषण गरिएको देखिन्छ ।

स्वास्थनी ब्रत कथामा यो जिवन जगतको सृष्टि कसरी भयो भन्ने पनि धार्मिक व्याख्या गरिएको छ । यी कुराहरु विज्ञान सम्मत छैनन । तै पनि सृष्टिका बारेमा सोच र सोधखोज गर्ने कुरा राम्रै हो । कथामा यो संसारको सृष्टि हँुदा परब्रम्ह शिवको इच्छाले ब्रम्ह्मा विष्णु,रुद्र प्रकट भए भनिन्छ । यिनै त्रिगुण परब्रम्ह्म शक्तिवाट भगवती महामायाको उत्पत्ति भयो पनि भनिन्छ । यी महाशक्ति भगवतीलाई कसैले पनि बसमा राख्न सक्तैन भनिएको छ । अनि तिनै आदिशक्ति र महाशक्तिको रुप स्वास्थानीलाई मानिएको देखिन्छ ।

एकातिर स्वास्थानी ब्रत कथामा नारीहरु आदिशक्ती महाशक्ति परब्रह्म शक्तिका रुपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निन्छरो र दासीका रुपमा उल्लेख गरिएको देखिन्छ । यस्तो खालको सोच र ब्यवार पितृ सत्तात्मक समाजबाट सुरु हुदैँ विकशित भएको हुनुपर्छ । पुराण र धर्म ग्रन्थहरुमा एकातिर नारी शक्तिलाई महान र अर्कातिर पितृ शक्त्तिलाई महान भनेर कथा उपकथाहरु बनाएको पाइन्छ । कतिपय कथा यथार्थ र कतिपय काल्पनिक कथाहरु सृजना गरेर नारीको चरम उपेक्षा, अपमान गर्ने खालको स्वास्थानी ब्रत कथा कथा होइन । यो ब्यथा हो, बेदना हो र आम नारीको चित्कार हो । स्वस्थानी भनेर एकातिर मातृ शक्तिको पुजा गर्नू, अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, ब्यथा र वेदना हो । यस्ता ब्रत कथा र पुराणहरु अब संशोधन गर्नुपर्छ नत्र क्रिश्चियन धर्मावलम्बीहरुले आफ्नो अनुकूल बनाउन खोजेको देखिन्छ ।

(इटहरी निवासी लेखक अनेमसंघ केन्द्रीय सदस्य हुनुहुन्छ । )