काठमाडौं, ३१ साउन । नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विहीबारको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो । सरुवाअनुसार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।
त्यस्तै, प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्