काभ्रेपलाञ्चोक, कात्तिक २ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोट (दुबैगैंडा) नजिक हायस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस मंगलबार बिहान करिब २ः२५ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिनुभयो।
दुर्घटनामा हायस चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपाँगाई र उनका नौ वर्षीय छोरा रितिक आपाँगाई घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्