काठमाडौं, माघ १३ । आगामी ३६ महिनाभित्र सक्ने गरी सूर्यविनायक–धुलिखेल सडक विस्तारको ठेक्का सम्झौता भएको छ । निर्माण भएको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार गर्न लागिएको हो ।
त्यसका लागि ३६ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का भएको छ । ८.४ किलोमिटर दूरी रहेको उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । उक्त खण्डको ठेक्का सम्झौता २०७९ मंसिर २७ मा भएको हो ।
ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । सूर्यविनायक–साँगा खण्डको दूरी भने ७.५ किमि छ ।
उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ÷बन्धन भगवती जेभीले २०७९ पुस २४ गते लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको छ । यी दुवै सडक खण्डको काम ठेक्का सम्झौता भएको मितिबाट ३६ महिनाभित्र सकिसक्नु पर्ने उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्