जनता टाइम्स

१६ माघ २०७९, सोमबार १८:५२

राष्ट्रिय योजना आयोगका तीन सदस्य नियुक्त


काठमाडौं, माघ १६ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अञ्जान शाक्य, सुशील ज्ञवाली र कुसेन्द्र महतलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शाक्य पूर्वराजदूत हुनुहुन्छ भने ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीइओ र महत कर्णाली प्रदेशको विज्ञको रूपमा काम गर्नुभएको थियो । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।