जनता टाइम्स

१८ माघ २०७९, बुधबार १५:०४

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग, २४ घण्टा बितिसक्दा पनि गएन मेयर बालेनदेखि सरकारी निकायको ध्यान


काठमाडौं, माघ १८ । अनामनगरतर्फ रहेको सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा सडकमा चल्ने यातायातका साधनदेखि पैदल यात्रीलाई समेत अवरोध सिर्जना भएको छ ।

सिंहदरबार पूर्वी गेटमा मङ्गलवार दिउँसोदेखि ढल फुटेको छ । हालसम्म पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल भएको छैन । पूर्वी गेट वरपरका स्थानीयहरु ढलको दुर्गन्धका कारण समस्यामा परेका छन ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ । ढल फुटेको २४ घण्टा बितिसक्दा पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ध्यान गएको छैन ।