जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १०:५१

अमेरिकन डलर उकालो लागेको लाग्यै, यस्तो छ आजको बिदेसी मुद्राको बिनिमय दर


काठमाडौं, फागुन ३। नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो । मंगलबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९ पैसा कायम भएको थियो ।

बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।