काठमाडौं, फागुन २५। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ ।
श्री एअरको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।
विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारीगराएका थिए ।
प्रतिक्रिया दिनुहोस्