जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १४:०९

सुनकाे मुल्य फेरी बढ्याे


काठमाडौं – अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढे संगै नेपालको मुल्य पनि बढेको छ । ३ दिन देखी स्थिर रहेको सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ ।

आईतबार देखी मूल्य स्थिर रहँदै प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजाबी सुन बुधबार ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । चाँदी प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।