जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार २०:५०

पदबहालीमै नारायणकाजीले गरे सह्रानीय निर्णय


काठमाडौं, चैत १७ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सूत्र परिचालन कार्यविधि २०७८ (सुराकी) को नाममा ‘गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन’ खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा भौतिकबाट गृह मन्त्रालयमा लगेपछि पदभार ग्रहण गर्दै श्रेष्ठले यस्तो निर्णय गर्नुभएको हो ।

मन्त्री र सचिवले जथाभावी खर्च गरेको भनेर आलोचना बढेको बेला श्रेष्ठलेपदबहालीमा यस्तो निर्णय गर्नुभएको हो । यस्तै उहाँले मिटरव्याजी पीडितको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्नुभएको छ ।