काठमाडौं, चैत १९ । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले फेरि धोका दिएको तथ्य उजागर गर्नुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सांसद गैरेले यस्तो तथ्य खोल्नुभएको हो । गैरेले मिटरव्याजपीडितमाथि सरकारबाट फेरि धोका भएको बताउनु भयो ।
‘सरकारले मिटरव्याजीपीडितहरूलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ । पीडितका नाममा अनेक व्यक्ति र समूहका चलखेल भएका छन,’ सांसद गैरेले भन्नुभयो ।
आयोगमाथि आयोग बनाउँदा पीडितहरूले न्याय पाउने भन्दा पीडकहरूलाई उन्मुक्तिको वातावरण मिल्ने उहाँको भनाई छ । सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरूबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्तिसमेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्