काठमाडौं, चैत २८ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ) को वरिष्ठ उपाध्यक्षका लागि तीन जना उम्मेदवार आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन । महासंघको बिधानको ब्यवस्थाअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्थाअनुसार भावी नेतृत्व लिन तीन जना मैदानमा उत्रिएका हुन ।
बरिष्ठ उपाध्यक्षमा चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका बिभिन्न एजेण्डा अघि सार्नुभएको छ ।
उमेशलाल श्रेष्ठको प्यानलले लगानीमैत्री वातावरण, रोजगारी सिर्जना, स्वदेशी उद्योगको प्रवर्द्धन, मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने सरकारको लक्ष्यमा साझेदारी लगायतका एजेण्डा अघि सारेको छ । अन्य दुई उम्मेदवारले पनि यस्तै एजेण्डा अघि सार्नुभएको छ ।
आजबाट सुरु भएको महासंघको साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भइसक्नु भएको छ ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट) मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा शकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल उम्मेदवार हुनुहुन्छ । यसैगरी एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलबाट उम्मेदवार हुनुहुन्छ । यस्तै अञ्जन श्रेठ प्यानलबाट सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी हुनुहुन्छ । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका शकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुनुहुन्छ ।
प्रदेशतर्फ ७ सदस्यका लागि १४ उम्मेदवारी, एक निर्विरोध
सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान, बागमती प्रदेशबाट कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ ।
संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८ कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन ।
हेर्नाेस उम्मेदवारको अन्तिम नामावली













प्रतिक्रिया दिनुहोस्