जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार ०८:२२

एसोसियट उपाध्यक्षमा संघई प्यानलकी ज्योत्सना श्रेष्ठ निर्वाचित


काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ८४६ मत ल्यारु बिजयी हुँदा अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याउनु भयो ।

यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी हुनुभएको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी हुनुभएको छ । महासंघको चुनावका लागि बुधबार काठमाडौंमा मतदान भएको थियो।