जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १३:४०

सुनको भाउ अहिलेसम्मकै उच्च


काठमाडौं, भदौं ८ । सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ । साउन ३१ गते सुन तोलामा ७१ हजार ५ सय पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मूल्य फेरि बढेर ७२ हजार ५ सय पुगेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार ७१ हजार ३ सयमा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय पुगेको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।