जनता टाइम्स

६ बैशाख २०८०, बुधबार ०८:०५

जग्गाको कित्ताकाट खुला गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं, बैशाख ६ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनु भयो ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए । घर जग्गा ब्यवसायीको दवावपछि सरकारले कित्ताकाटद खुला गरेको हो ।