जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १२:१९

सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दैछ भाउ


काठमाडौं, भदौ ९

सोमबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुन सोमबार पुनः बढेको हो । यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि हेर्दा सुनको मूल्य अझै बढने देखिन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ३० को आसपास छ । यो बढ्ने क्रम जारी छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रति तोला ८ सय ५० मा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर ८ सय ६० पुगेको हो ।