जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १३:०४

चर्काे बिरोधपछि नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्न सरकार बाध्य


काठमाडौं, बैशाख २९ । सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रधानमन्त्री पुत्री गंगा दाहाल र कांग्रेस नेतृ डा. आरजु राणा देउवाले अर्बाैं कमिशन लिएर काम फत्ते गर्न लागेको समाचार सार्वजनिक भएपछि सरकारले बाध्य भएर प्रक्रिया नै रोक्ने निर्णय गरेको हो ।