जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार ११:४९

जनकपुरबाट उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि…


जनकपुरधाम, ६ जेठ । जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ । आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिएको थियो ।

विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।