जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १६:१८

गठबन्धनको उपहार : सवैतिर थलियो अर्थतन्त्र (पूर्णपाठ)


काठमाडौं, जेठ १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री महतले आज प्रस्तुत गर्नुभएको सर्वेक्षणले मुलुकको आर्थिक अवस्था निकै डामाडोल रहेको तथ्य उजागर गरेको छ ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार न्यून रहने अनुमान छ । संघ र प्रदेशको चुनाव तथा बढ्दै गएको अनिवार्य दायित्वबाट चालु खर्चमा भएको वृद्धि र राजस्व असुलीमा आएको कमीको कारण स्रोत व्यवस्थापनमा कठिनाई थपिएकोले आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसकेको अर्थमन्त्री महतले बताउनु भयो ।

सर्वेक्षणमा चालु आवमा निर्माण, थोक तथा खुद्रा व्यापार लगायत औद्योगिक उत्पादनमा आएको कमीका कारण नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा भने ५.४६ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

सर्वेक्षणले मुल्यबृद्धि पनि निकै उच्च देखाएको छ । सर्वेक्षणअनुसार रुस/युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको समग्र मूल्यस्तर उच्च रहन गएको छ ।

यस्तै तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातित वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार हुन नसकेको अर्थमन्त्रीको भनाई छ । यस्तै चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अनुपात घटेर पछिल्लो एक दशककै न्यून हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्र र निजी क्षेत्रको उपभोगको अनुपात क्रमशः ५.४ प्रतिशत र ८६.३ प्रतिशत र गैरनाफामूलक संस्थाको उपभोगको अंश १.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षणको पूर्णपाठ