काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०÷०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बै प्रकारका प्रोत्साहन भत्ता खारेज गरी मितव्ययिता अपनाइने बताउनु भएको हो ।
सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने पनि अर्थमन्त्री महतले बताउनु भयो । त्यस्तै नेपाल सरकारले अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण पनि रोकिने अर्थमन्त्री महतले बताउनु भयो ।
यस्तै इन्धनबापत रकम नै प्रदान गरिने व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री महतले बताउनु भयो । त्यस्तै सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनका लागि सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ठ नगद नै वितरण गर्ने पनि अर्थमन्त्री महतले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्