जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १७:३१

जग्गाको कित्ताकाट फुकुवा


काठमाडौं, जेठ १५। सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यो घोषणासँगै घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उहाँले बताउनु भयो ।