जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार ११:१९

सुनको मूल्य आकासियो, हालसम्मकै उच्च मूल्य कायम


काठमाडौ, जेठ १९ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।