जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १७:४८

कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला


धनगढी, २६ जेठ । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर–४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो ।

उहाँ बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किनुभएको थियो ।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताउनुभयो । उहाँले मृत्युको कारण नखुलेको बताउनुभयो ।