जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ११:०८

सीता एयरको जहाजको इन्जिन आकाशमै फेलभएपछि…


फाइल फोटो

काठमाडौं, भदौ १८

लुक्ला विमानस्थलबाट आज विहान उडेको सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएको छ । लुक्लाबाट उडेको केही समयमा नै विमानको एउटा इन्जिन फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराउन सफल भएका छन् । स्मरण रहोस् सो जहाजमा दुई वटा इन्जिन हुने गरेका छन् ।

लुक्लाबाट बिना यात्रु उडेको सीताको ‘नाइनएन–एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो । क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार उक्त जहाज आज बिहान ८ बजेर ५१ मिनेटमा काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो ।