जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १२:१८

मानव बेचबिखनविरुद्ध अभियान शुरु


डोटी,भदौ १८
जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिनुभयो ।

विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सञ्चालन गर्न लागेको अभियान महिला बेचबिखनविरुद्धमा बढी केन्द्रित हुनेछ, जसले गर्दा महिला बेचबिखन तथा ओसारपसारको अन्त्य गर्न सहयोग हुनेछ ।”

मानव बेचबिखन र ओसारपसार गरी महिलालाई यौनजन्य क्रियाकलापमा लगाउने, बालबालिकालाई समेत यौनजन्य क्रियाकलाप र श्रममा लगाउने, मानव शरीरका अङ्ग बेचबिखन गरिने गरेकामा यसबारे सचेतना फैलाउन साताव्यापी अभियान गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । अभियानका क्रममा स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धबारे जानकारी दिइने र सन्देशमूलक पर्चा वितरण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यसपछिका दिनमा सन्देशमूलक माइकिङ, विद्यार्थीसँग छलफल, प्लेकार्डसहित बजार परिक्रमा गर्नेलगायतका कार्यक्रम गरिने उहाँको भनाइ छ । जिल्लामा महिला तथा बालबालिका बेचबिखनका घटना नभए पनि बालबालिका बालश्रममा बढी प्रयोग भएकाले त्यसको रोकथाम गर्न जरुरी भएको सरोकारवा