जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १४:५९

अहिलसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मुल्य, यस्तो छ कारण


काठमाडौं, भदौ १८ । साताको चौंथो दिन बुधवार सुनको मुल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार ७२ हजार ५ सय मुल्यमा कारोबार भईरहेको छापावाला सुन बुधबार १ हजार बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ७३ हजार ५ सयमा कारोवार भईरहेको छ । यसै गरी चाँदीको मुल्य पनि ४५ रुपैयाले वृद्धि भएर बुधवार ९ सय ४० रुपैयामा कारोवार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा नै मुल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी महासंघ ब्यवसायीको भनाई छ ।