जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०९:४९

उहि मुस्कानसहित स्वदेश फर्किदै प्रधानमन्त्री


काठमाडौं, भदौ २०

प्रधानमन्त्री केपी शर्मा ओली १५ दिने उपचारपछि आज स्वदेश फर्किनु हुदैछ । उहा उहि पुरानो मुस्कानसहित विमानमा चढ्नु भएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सिंगापुरबाट थाइल्यान्ड हुँदै थाई एयरवेजबाट दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि स्वदेश फर्कदै हुनुहुन्छ ।

दुवै नेता प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जानुभएको थियो । प्रधानमन्त्री ओली मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न गत भदौ ५ गते सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा जानुभएको थियो । त्यहाँ उहाँको प्लाज्मा फेरिसिस गरिएको थियो ।