काठमाडौं, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ ।संसदमा नियमित अवरोध भइरहेका बेला राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले बोलाउनुभएको यो पहिलो सर्वदलीय बैठक हो ।
पर्सि मङ्गलवार बिहान साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान













प्रतिक्रिया दिनुहोस्