काठमाडौं, भदौ ६ । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सफल भएको छ। भारतले १४ जुलाईमा पठाएको चन्द्रयान ३ बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो। यससँगै चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने भारत पहिलो देश पनि बनेको छ।
इसरोका अनुसार चन्द्रयान(३ ले दक्षिणी ध्रुवमा अनुसन्धान गर्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल अवतरण गराउने इसरोका वैज्ञानिकहरूलाई धन्यवाद दिनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले यससँगै भारतको कथन बदलेको बताउनु भयो । ‘यो कथनमा मात्र सीमित रहेन। भारत रियालिटीमा परिणत गरेर देखाएको छ। भारतको लागि अब चन्द्रमा टाँढा रहेन,’ मोदीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्