पोखरा, भदौ ८ । नेकपा एमाले गण्डकी प्रदेशले प्रदेशको भवन निर्माणका लागि सदस्यहरुलाई लेवी तोकेको छ । बिहीवार बसेको भवन निर्माण कमिटीको बैठकले प्रदेशको भवन निर्माणका लागि प्रत्येक सदस्यलाई ५ सय रुप्रया लेवी तोक्ने निर्णय गरेको हो ।
बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै २५ करोड रुप्रया संकलन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५सय उठाइने र सक्ने महानुभाबहरूलेले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिनुभयो ।
बैठकमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताउनु भयो । उहाँहरूले यो अवसरमा पार्टीका सदस्यहरु, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । भवन निर्माणका लागि पहल लिएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो । बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरु , जिल्ला कमिटि अध्यक्ष, संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख ,जनवर्गीय संगठनका अध्यक्ष र उद्यमी र व्यवसायी सहभागी हुनुहन्थ्यो ।
बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षता र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव धनञ्जय दवाडीले गर्नु भएको थियो।














प्रतिक्रिया दिनुहोस्