काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान रक्षाको लागि भनेर बनेको गठबन्धनले पटक–पटक संविधान मिचेको भन्दै नेतृत्वमाथि कडा प्रश्न गर्नुभएको छ ।
पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा खनालले यस्तो प्रश्न गर्नुभएको हो । सम्मानित नेता खनालले सत्ता गठबन्धनले संबिधान उल्लंघन गरेकोले यसबिरुद्ध पार्टी उभिनुपर्ने निश्कर्ष पनि सुनाउनु भएको छ । खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताउनु भयो ।
‘हामीले संविधान रक्षाको लागि गठबन्धन बनाएको भनेका छौँ । तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो । कोशीमा यही गठबन्धनले दुई दुई पटक संविधान उल्लंघन गरेको छ । यसमा हाम्रो पार्टीको धारणा के हो ?,’ खनालले भन्नुभयो, ‘गठबन्धनमा नाममा उनीहरूले गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?’
नेता खनालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न अझै प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको बताउनु भयो । पार्टीभित्र गलत चिन्तनहरू पार्टीभित्र हुर्किरहेको पनि उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्