सिरहा, १३ भदौं । कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं बर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘बिशेष स्तम्भ’ बनाउने भएको छ ।
आज देखी सिरहामा सुरु हुन गईरहेको केन्द्रिय सचिवालयको बैठक स्थलमा एमालेले ‘बिशेष स्तम्भ’ बनाउन लागेको हो ।
धनगढी नगरपालिका–१४ सिरहामा तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले बिशेष स्तम्भ बनाउने निर्णय गर्न लागेको उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । सिराहाको विष्णुपुर कट्टी( सर्रे अम्बासमा निर्माण हुने स्तम्भको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलन्यास गर्नु हुनेछ।
‘यो स्थलमा पार्टीको चौथों महाधिवेसन भएको थियो, यही भएको महाधिवेसनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो,’ उहाँले भन्नुभयो, ‘यति मात्रै होइन, बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलवाट भएको थियो, त्यसैले यहाँ बिशेष स्तम्भ निमार्ण गर्न लागेका हौं ।’ उहाँका अनुसार कम्युनिष्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, बाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलवाट भएकाले बिशेष रुपमा पार्टीले लिएको हो ।
‘त्यसैले यहाँ पार्टीले १८ कठा जमिन किनेको छ, यहाँको बिद्यालयको नाम मदन भण्डारी माबि नामाकरण गरिएको छ,’ भट्टराईले भन्नुभयो ‘भौगलिक बिकटता भएकाले अब यहाँ पुल निमार्ण देखी बाटो बनाउने काम पनि अब चाँडै सुरु हुनेछ ।’
२०४६ साल भदौं ९–१४ गतेसम्म चलेको चौथौं महाधिवेसनमा ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेसनले २० सदस्सीय केन्द्रिय कमिटी गठन गरेर जबज र जनआन्दोलनको निर्णय लिएर महाधिवेसन सम्पन्न गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्