जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १०:०८

गुडिरहेको जीपमा ढुंगा खस्दा गयो तीन जनाको ज्यान


पाल्पा,भदौं १३ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ।

सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, सोही सडक खण्डमा माथीवाट झरेको ढुंगा जीपमा लागेको थियो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।