जनता टाइम्स

१४ भाद्र २०८०, बिहीबार १३:४७

चिनियाँ नक्साबिरुद्ध बालेनको कठोर निर्णय, उडने बेला गरे चीन नजाने घोषणा


काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चीन भ्रमण अन्तिम समयमा रद्ध गर्नुभएको छ । मेयर बालेनले चिनियाँ साँस्कृतिक नक्साप्रति कडा आपत्ति जनाउँदै चीन सरकारको निमन्त्रणमा आजबाट हुन लागेको ५ दिने भ्रमणमा नजाने घोषणा गर्नुभएको हो ।

चीनले हालै जारी गरेको साँस्कृतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमीअनुसारको नक्सा नराखी सो भूमिलाई भारततिर देखाएको छ । मेयर बालेनले यस बिषयमा कडा आपत्ति जनाउनु भएको हो ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मेयर बालेनले नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम मानेका भन्दै चीन भ्रमणमा नजाने निर्णय सुनाउनु भएको छ ।

 

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ मेयर बालेनले भन्नुभएको छ ।

यस्तो छ बालेनको भनाई

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।