जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १७:०३

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीको प्रयास असफल : योगेश भट्टराई


महोत्तरी, १७ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीको प्रयास असफल भएको बताउनुभएको छ ।

धर्म, जात(जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाइ नसकेपछी पछाडि हटेको सचिव भट्टराईले बताउनुभयो । सबै जाती, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उहाँले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताउनुभयो ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरशाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ ।’