जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार १६:५९

ज्यान मुद्धामा प्रदेश सासंद पक्राउ


रावजिराज, भदौ १८ । सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुनुहुन्छ । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताउनु भयो ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएको थियो ।