जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १३:०३

कोशीमा मुख्यमन्त्री नियुक्ति प्रकरण : अदालतले मतदानको भिडियो हेर्ने


काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । मंगलबार प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । इजलासमा भिजुअल हेर्ने किनै कम अभ्यास छ । यसअघि नवराज सिलवालको कीर्ते मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले भिजुअल प्रिजेन्टेसन गरेको थियो ।

४ भदौमा कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गर्नुभएको थियो ।