जनता टाइम्स

२० भाद्र २०८०, बुधबार १५:२५

कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टस क्लबमा खुकुरी प्रहार, एक पक्राउ


काठमाडौं,२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उहाँमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।