काठमाडौं, २० भदौ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले पहिचानको नाममा एमालेविरुद्ध आन्दोलन गर्नेहरु सत्ता संरक्षित भिजिलान्तेहरु भएको बताउनुभएको छ ।
उहाँले आदिवासी जनजाति महासंघ र अन्य जातीय घटकहरु जस्ता साझा संस्थाले पहिचानको आन्दोलनलाई दुरुपयोग गर्ने र त्यस्ता संस्थालाई एमालेलाई गाली गर्ने प्लेटफर्म बनाएको आरोप लगाउनुभयो । उहाँले एमालेका नेताहरुमाथि जे पनि हुनसक्ने धम्की दिनेहरुको भोलि मैदानमा आदिवासी जनजातिले नै प्रतिवाद गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत दिनुभयो ।
युवासंघको भदौ र २४ गते प्रथम महाधिवेशन आयोजना गरिएको छ । यसैलाई लक्षित गरी विभिन्न जनजाति महासंघले संयुक्त विज्ञप्ति निकाल्दै एमाले अध्यक्ष केपी ओली र युवासंघका अध्यक्ष क्षितिज थेवेको नामै किटान गरेर ‘धरान आएमा जे पनि हुनसक्ने’ धम्की दिइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ सबै राजनीतिक दलमा आबद्ध आदिवासी जनजातिहरुको छाता संगठन हो र यसलाई राज्यले समेत मान्यता दिएको छ । तर, सोही संस्थाका अध्यक्ष ग्याल्जे शेर्पाले एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबे धरान गएमा जे पनि हुन सक्ने चेतावनीयुक्त वक्तव्य दिएपछि खैलाबैला मच्चिएको छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष शेर्पा नेपाली कांग्रेसका रामेछापका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
यस्तो धम्कीपूर्ण विज्ञप्तिमा हस्ताक्षर गर्नेमा महासंघसहित यसका घटक संस्था किराँत याक्थुम चुम्लुङ, किराँत राई यायोक्खा, शेर्पा संघ र पहिचानसहितको प्रदेश १ नामांकन अभियान समिति छन् । यस्तो छ धम्कीपूर्ण विज्ञप्ति ः –














प्रतिक्रिया दिनुहोस्