जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १८:०१

सन्दीपको मुद्दामा भएन फैसला, यस्तो भयो आदेश


काठमाडौं, २१ भदौ । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्म दर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो।

न्यायाधीश कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजात माग गर्नुभएको हो । सामान्यतया ः मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ। तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला–२६ को जन्मदर्ता र बसाइँसराइको अभिलेख झिकाउने आदेश दिनुभएको छ ।

हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।