जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार ११:४७

सिंहदरबारमा सर्वदलीय बैठक जारी, प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी रहेको हो ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत रहनुभएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा सल्लाह सुझाव लिनुभएको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।