जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार ११:१३

प्रभु साहबिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता, यस्तो छ कारण


गौर, भदौ २७। आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्द अदालतमा मुद्धा दर्ता भएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका सांसद साहबिरुद्ध रौतहट जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ । उहाँले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाइएको छ ।

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको यादवको जिकिर छ ।

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।