जनता टाइम्स

२७ भाद्र २०८०, बुधबार २२:२०

जथाभावी प्रहरी पोशाक लगाएर चलचित्र खेल्न रोक


काठमाडौं, भदौ २७ । नेपाल प्रहरीले चलचित्र वा स्टेज कार्यक्रममा प्रहरी पोशाकको प्रयोगमा कडाई गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले चलचित्र, टेलिशृंखला, स्टेज कार्यक्रम, फेबसुक, टिकटक लगायतमा प्रहरी पोशाक प्रयोग गर्दा प्रधान कार्यालयको श्रब्य दृष्य शाखाबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी पोशाकको दुरुपयोग भएका पाइएकाले नयाँ व्यवस्था लागू गरिएको बताए ।

पोशाक प्रयोग गर्नुपर्ने भए त्यस्तो भिडियोको स्क्रिप्ट प्रहरीलाई जानकारी दिनुपर्ने व्यवस्था लागू हुने कडायतले जानकारी दिनुभयो । विज्ञप्तिमा पोशाक दुरुपयोगका साथै सांगठनिक मर्यादा विपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा केही व्यक्ति एवं समूहबाट प्रहरीले व्यावसायिक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यहरु समेतलाई सुरक्षा चुनौती दिने खालक गतिविधि भएको उल्लेख छ ।