जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार १२:४९

गाउँमा जानुपर्दा आत्महत्या गर्छु भन्ने डाक्टरलाई डोरी दिनुहोस् : मन्त्री बस्नेत


काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गाउँमा जानुपर्दा आत्महत्या गर्छु भन्ने डाक्टरलाई डोरी दिन निर्देशन दिनुभएको छ । आज राष्ट्रिय जनसंख्या सम्मेलनमा बोल्दै उहाँले यस्ता बताउनुभएको हो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा चिकित्सकको उचित व्यवस्थापन हुने बताउनुभयो ।

राज्यको पैसाले पढ्ने तर गाउँमा सेवा गर्न नजाने डाक्टरलाई कारबाही हुने उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘नेताहरू सरुवाको सिफारिस गर्न आउनुहुन्छ । मैले उहाँहरूलाई भन्ने गरेको छु, डाक्टर सरुवा गरिदिउँला तर तपाईँको गाउँमा डाक्टर पठाउन सकिँदैन ।’ मन्त्री बस्नेतले डाक्टरको सुगममा सरुवा रोज्नुहुन्छ कि गाउँमा डाक्टर भनेपछि नेताहरू दबाब दिन नआउने गरेको बताउनुभयो ।