जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार १७:२२

माधवको कदमले झलनाथ आक्रोशित, काउन्टरमा कठोर कदम चाल्ने संकेत


काठमाडौं, भदौ २९ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कदमबिरुद्ध कडा आक्रोस पोख्नुभएको छ ।

कुनै पनि तहको बैठकमा छलफल नै नगरी र आफूलाई जानकारीसमेत नदिई अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि खनाल आक्रोशित बन्नुभएको हो । खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताउनु भयो ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम एकदमै खतरनाक भएको टिप्पणी पनि गर्नुभयो । पार्टीको कुनै कमिटीमा छलफल नगरी अपानि जारी भएको भन्दै खनालले भन्नुभयो, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’

अध्यक्ष नेपालले बिहीवार अपानि जारी गर्नुभएको थियो । अपानि जारीपछि दुई केन्द्रीय सदस्यले पार्टी परित्याग गरिसकेका छन ।