जनता टाइम्स

३० भाद्र २०८०, शनिबार १४:५५

अमेरिका भ्रमणकाबारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी


काठमाडौं, ३० भदौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुग्नुभएको छ । संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न आज अमेरिका जानु अघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुग्नुभएको हो ।

सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । साथै, सो भेटघाटमा समसामयिक राजनीतिक बिषय पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्युयोर्क, अमेरिका प्रस्थान गर्दैछन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसपछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुहुनेछ ।