जनता टाइम्स

१ आश्विन २०८०, सोमबार १६:२३

एमाले बाग्मती अधिवेशनमा मकवानपुरबाट अध्यक्षका दावेदार कृष्ण दाहालसहित १०३ जना प्रतिनिधि छानिए (सूचीसहित)


मकवानपुर, असोज १। नेकपा एमालेको असोज ८ र ९ गते काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरका सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

यस पटक जिल्लाका १० वटा स्थानीय तह, दलित, मजदुर तथा पेशागत क्षेत्रबाट १०३ जना प्रतिनिधि छनोट भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेबाट एकजना केन्द्रीय सदस्यसहित बहालवाला राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पनि प्रतिनिधि छनोट भएका छन् । प्रत्येक संसदीय निर्वाचनमा चुनाव जित्दै आएको दोलखामा नेकपा एमालेले गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकएक जना सांसद जितेको थियो ।

मकवानपुरबाट प्रतिनिधि छनोट भएकामध्ये एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले बागमती प्रदेश अध्यक्षको लागि उम्मेदवारी दिने तयारीसहित प्रतिनिधि बन्नुभएको छ । नेकपा एमाले मकवानपुरमा करिब १५ वर्ष नेतृत्व गरिसकेका दाहालले बागमतीका १३ जिल्लाकै साथीहरुको सल्लाहले आफू उम्मेदवार बन्न लागेको बताउनु भयो ।

२०४५ सालबाट एमाले जिल्ला कमिटीमा रहेर काम गरेका उनी त्यसअघि नै २०४३ सालमा जनपक्षीय उम्मेदवारमार्फत मकवानपुरको तत्कालीन राष्ट्रिय पञ्चायतको प्रधानपञ्चमा विजयी हुनुभएको थियो । संसदीय राजनीतिमा अब्बल दाहाल ३ पटक मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

२०४८, २०५६ र २०७४ सालमा प्रतिनिधिसभामा विजयी दाहाल २०७४ मा अर्थ समितिको सभापतिसमेत हुनुभएको थियो । नेता र कार्यकर्ता मात्रै होइन आम जनतासँग मिलनसार दाहालले २०५४ देखि २०६६ सालसम्म मकवानपुर एमालेको नेतृत्वमा रहेर काम गरे भने चितवनमा सम्पन्न एमालेको १०औं केन्द्रीय महाधिवेशनबाट हाल केन्द्रीय सदस्यको जिम्मेवारी लिनुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका

अनन्तप्रसाद पौडेल
रघुनाथ खुलाल
रामचन्द्र राई दनुवार
श्रीधर पोखरेल
कमलबहादुर विष्ट
गोपालबहादुर श्रेष्ठ
बलराम बल
इन्द्रमान स्याङतान
देवराज रिमाल
रामचन्द्र अर्याल
भोजराज ढकाल
एकालाल श्रेष्ठ
नवीन सिग्देल
सुनिल मोक्तान
मदनकुमार दाहाल
राजन थापा
इन्द्रप्रसाद नेपाल
दीपक खड्का
सानुकुमार लामा
धरम लामा
सन्तोष चौलागाईं
सालिकराम पुडासैनी
सन्तोष पौडेल
सीता विष्ट
सुमित्रा काफ्ले
गणेशकुमारी श्रेष्ठ
जूना दाहाल
मेनुका दाहाल
यसोदा उप्रेती
आरती पाठक
प्रतिमा श्रेष्ठ
उर्मिला श्रेष्ठ
राधिका स्याङतान
दिलुमाया घर्ती

मनहरी गाउँपालिका

लक्ष्मण उप्रेती
श्यामसुन्दर ढकाल
वीरेन्द्र डीसी
एकराज उप्रेती
हेमलाल उप्रेती
नवीन सुवेदी
मनिला विष्ट
मिठु थापा

बकैया गाउँपालिका

कृष्णप्रसाद दाहाल
पद्मा पौडेल
नारायण सापकोटा
दलबहादुर वाइबा
गोपालप्रसाद दाहाल
सरला बोलाखे
सुस्मिता घोरासैनी
बाबु डंगोल
विश्वराज विकल

बागमती गाउँपालिका

दिलबहादुर घिसिङ
अणराज जर्गा
दोर्जे लामा
गोपी फुँयाल
सविना योञ्जन

मकवानपुरगढी

बद्रीप्रसाद लम्साल
हर्कमाया स्याङतान
नवराज तिमल्सिना
विदुर हुमागाईं
मेम्बर लो
हरिप्रसाद कँडेल
रामजी सापकोटा
निर्मला लम्साल
शारदादेवी तिमल्सिना
पुष्कर तिमल्सिना

भीमफेदी गाउँपालिका

साधुराम खड्का
महेश बर्तौला
हिदम लामा
भगवती पुडासैनी
सीता घलान
सरिता परियार

इन्द्रसरोवर गाउँपालिका

सुवासचन्द्र ठकुरी
ऋषि पुडासैनी
बुद्धिराम डिमडुम
धनवीर स्याङतान
उमा लामा

थाहा नगरपालिका

सरिना बल
विष्णुप्रसाद ढकाल
बुद्धरत्न मानन्धर
रवीन्द्र नापित
विमलकुमार ढकाल
कल्पना बलामी

कैलाश गाउँपालिका

बच्चुराम ढुंगाना
सुकुमाया थिङ

राक्सिराङ गाउँपालिका

लालबहादुर थापा
बाबुलाल स्याङतान
सिङ्गलाल प्रजा
सञ्जय कोइराला
सुन्तली प्रजा

दलित कोटा

पदमबहादुर विश्वकर्मा
सरिता विश्वकर्मा
भगवती विश्वकर्मा
राजकुमार विश्वकर्मा
नारायण रिजाल
सरिता परियार
रमेश विक

मजदुर

अर्जुन ढुंगेल
श्याम श्रेष्ठ
गीता कार्की
धर्मराज बस्नेत

पेशागत

कृष्णप्रसाद तिमल्सिना
निर्मला ब्लोन