काठमाडौं, असोज ४ । नेकपा एकीकृत समाजवादीका मधेश प्रदेशका चर्चित नेताहरु नेकपा एमालेमा प्रवश गरेका छन । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भविश्य नरहेको निश्कर्षसहित मधेश प्रदेशका ५ जना नेताहरु एमाले मै फर्कनु भएको हो ।
नेकपा एसका प्रदेश सदस्य कृष्ण खनालसहित जिल्ला सदस्यहरु मोटाई चौधरी, हरी जमरकट्टेल, मनोज राम र रोशन सुवेदी बुधवार नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।
सोही क्रममा नेकपा माओवादीका सिमरा उप महानगरपालिका उपाध्यक्ष कथामुदिन मेन्जुरी, प्रदेश युवा अध्यक्ष बाबु बाबुद्धिन मन्जुरी, मोतिलाल पासवान, अमीरमिया मन्जुरी र असलम हुसेन पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्